Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर

अर्थ संसार

सोमबार, ०८ कार्तिक २०७८, १७ : २४ मा प्रकाशित

सामलिङ्ग पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ ।

अन्तिम दिन साेमबार साँझसम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो । अन्तिम तथ्यांक थाेरै तलमाथि पर्न सक्नेछ । 

कम्पनीले कार्तिक ४ गतेदेखि  ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउँथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको