Like us!
Follow us!
Connect us!
Watch us!

टेस्लाको बजार पूँजीकरण १० खर्ब डलर नाघ्यो, प्रतिकित्ता शेयर मूल्य १ हजार डलरमाथि

पत्रपत्रिका

बुधबार, १० कार्तिक २०७८, ०७ : ३३ मा प्रकाशित

टेस्लाको बजार पूँजीकरण १० खर्ब डलर नाघ्यो,  प्रतिकित्ता शेयर मूल्य १ हजार डलरमाथि

अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकको बजार पूँजीकरण १० खर्ब डलरमाथि पुगेको छ । 

हर्जले सन् २०२२ को अन्त्यसम्ममा आफ्नो कार भाडामा दिने कम्पनीका लागि टेस्लालाई १ लाख थान विद्युतीय सवारी साधन अर्डर दिनेृ समाचार सार्वजनिक भएपछि कम्पनीको बजार पूँजीकरणले पहिलो पटक सो स्तर पार गरेको हो । 

योसँगै एप्पल, एमाजन र माइक्रोसफ्टसँगै टेस्लापनि १० खर्ब डलरभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनीको श्रेणीमा पुगेको छ । कम्पनीको प्रतिकित्ता शेयर पनि १ हजार डलरमाथि पुगेको छ । बेलायतमा कम्पनीको सुदृढ विक्री र शेयरप्रति विश्लेषकहरु बुलिश रहँदा पनि टेस्लाको शेयरमूल्य बढेको हो ।

हर्जसँगको सम्झौताबाट टेस्लाले ४ अर्ब २० करोड डलर कमाउने छ । यो अहिलेसम्मकै उच्च परिमाणमा विद्युतीय सवारी साधन खरीद हुने बताइएको छ ।

आर्थिक अभियान दैनिकबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको