Like us!
Follow us!
Connect us!
Watch us!

टेस्लाको सेयर मूल्यमा गिरावट

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, १४ : ४६ मा प्रकाशित

टेस्लाको सेयर मूल्यमा गिरावट

विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयर मूल्यमा ४ दशमलब ९ प्रतिशले गिरावट आएको हो । 

ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको