Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नाफामा सामान्य गिरावट, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, ०६ : ५६ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको नाफामा सामान्य गिरावट, ईपिएस कति ?

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा सामान्य गिरावट भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ११ करोड ९ लाख ऋणात्मकबाट २३ करोड २ लाख धनात्मक भएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा धनात्मक बन्न पुगेको हो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १.२० प्रतिशतले घटेर ३५ करोड ९१ लाख रपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब २१ करोड १५ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५० रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २५.७२ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

617b4b564443f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको