Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको ५.७१ लाख कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, ०८ : ३२ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको ५.७१ लाख कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको सेयर आज (शुक्रवार) देखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । संस्थाले ५ लाख ७१ हजार ५९८ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ४ सय ५० रूपैयाँमा बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले कार्तिक २३ गतेसम्ममा न्युनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र कात्तिक २५ गते बिहान १० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा खाल्ने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको