Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको खुद मुनाफा २५ प्रतिशतले घट्दा १० रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ०७ : ०७ मा प्रकाशित

प्रभु बैंकको खुद मुनाफा २५ प्रतिशतले घट्दा १० रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

प्रभु बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २५.१४ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि २९.४९ प्रतिशतले घटेर ८८ करोड २५ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब २५ करोड १७ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि १६.०३ प्रतिशतले घटेर १ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा  ३० करोड ४४ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा बैंकको खुद मुनाफासंगै बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर २२ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ भने समिक्षा अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियों) १७.८३ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको