Like us!
Follow us!
Connect us!
Watch us!

राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १३ : ०१ मा प्रकाशित

राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

तनहुँमा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । देउसी भैलो खेल्दा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

कोरोना संक्रमणकाे जाेखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘जोखिम कायमै रहेकाले जोखिमबाट बच्दै चाडपर्व मनाउनुपर्ने अवस्था छ । कोरोना संक्रमण फैलन नदिन जिल्लावासीले सावधानी अपनाउनेमा विश्वस्त छौँ’, उनले भने ।

प्रशासनले तिहारको बेलामा हुने मेला महोत्सव, जात्रालगायतका भिडभाड हुने कार्यक्रम गर्नसमेत रोक लगाएको छ । पूजापाठलाई घरमै सीमित बनाउन प्रशासनको सुझाव छ । अनावश्यक यात्रा नगरीकन आफ्नै परिवारका सदस्य मिलेर घरमै चाडपर्व मनाउनुपर्ने अर्याल बताउँछन् ।

जिल्लामा हाल ५१ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रिमत सबै होम आइसोलेसनमा बस्दा संस्थागत आइसोलेसन केन्द्र रित्तो छन् । जिल्लामा दैनिक १० जनाभन्दा कम कोरोना संक्रमित थपिने गरेका छन् । 

कोरोनाकाे दोस्रो लहर फैलिएपछि वैशाखयता पाँच हजार तीन सय ७९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये पाँच हजार दुई सय चार जना निको भए । एक सय २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको