Like us!
Follow us!
Connect us!
Watch us!

तिहारलक्षित व्यापार : भाइमसलामै बाहिरियो १ अर्ब

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, १४ : ३० मा प्रकाशित

तिहारलक्षित व्यापार : भाइमसलामै बाहिरियो १ अर्ब

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रमझम सुरु भएको छ । काठमाडौंसहित देशभरका बजारहरूमा किनमेल गर्नेको भिड बढेको छ । तिहारमा प्रयोग गरिने टीका, फूलमाला, खानेकुरा बिशेष गरी दिदीबहिनीले दाजुभाईका लागी किन्ने भाइमसला किन्न सर्वसाधारणको घुइँचो बढेको हो । 

तर, स्वदेशमा उत्पादन नहुँदा तिहारका सामग्री खरिदका लागि नेपाली पैसा विदेशिने गरेको छ ।   विदेशबाट घर–आँगन सजावटका साम्रग्री र बिजुलीका सामानबाहेक भाइ मसलाको आयात हुने गरेको छ । भन्सार विभागका अनुसार तिहारलाई लक्षित गरेर यस बर्ष तिहारका लागि १ अर्ब बराबरको भाइमसला  मात्रै आयात भएको छ ।

असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । 

जसमध्ये १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ ।

यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख रुपैयाँको २४० किलो कटुस, १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको छ ।

यस्तै १० करोड ६१ लाख ६१ हजार रुपैयाँको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ ।

नेपालमा अत्यधिक मात्रामा भाइमसला भारतबाट आयात हुने गरेको छ । त्यस्तै चीन, अमेरिका, भियतनाम, युएई, थाइल्यान्ड, कतारलगायत दर्जनबढी मुलुकहरुबाट नेपालमा मसलाजन्य वस्तु आयात हुने गरेको भन्सार विभागको तंथ्यांकले देखाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको