Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिवन्धित प्लाष्टिकका फूल र माला

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १४ : ०७ मा प्रकाशित

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिवन्धित प्लाष्टिकका फूल र माला

तिहार शुरु भएसँगै बजारमा रौनक बेग्लैछ। फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ। तिहार शुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ। बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झुन्ड्याएर राखेको देख्न सकिन्छ।

तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन्। प्लाष्टिकका फूलहरूले पनि बजार ढाकेको छ। प्लाष्टिकका फूलहरू विक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिवन्ध लगाएका छन्।

तर प्लाष्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ। जो बेच्नका लागि राखिएको छ। किसानहरू फूल विक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरू छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन्। रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ। 

6720a07e92408.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको