Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा मनी ट्रान्सफर र अलदार एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १७ : ०१ मा प्रकाशित

इसेवा मनी ट्रान्सफर र अलदार एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त  रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा  पठाउन सकिनेछ ।  

अबदेखि  कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ । यसै गरि, अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै, अलदार एक्सचेन्जको (Al Dar workers app) बाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुनेछ । 

उक्त सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जवीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ ।”।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको