Like us!
Follow us!
Connect us!
Watch us!

धनतेरसका दिन पाटनमा देखिएको रौनकता (फोटोफिचर)

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १७ : १४ मा प्रकाशित

धनतेरसका दिन पाटनमा देखिएको रौनकता (फोटोफिचर)

आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेकेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए । 

भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानीन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ । 

धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।

आज धनतेरसका दिन ललितपुरको पाटनमा देखिएको दृष्यहरुः  

6181247ea83e3.JPG 6181247f3532f.JPG 61812483523e2.JPG 6181248408653.JPG 61812486b5850.JPG 61812487b1a7f.JPG 6181248a9bedc.JPG 6181248b4b07d.JPG 6181248eec566.JPG 6181248f9a68e.JPG 61812495508c8.JPG 6181249669522.JPG 618124987d32b.JPG 6181249aa2502.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको