Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै कुमारी बैंकको साधारण सभा सम्पन्न

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १७ : १४ मा प्रकाशित

लाभांश पारितसँगै कुमारी बैंकको साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा आज (कार्तिक १६ गते, मंगलबार) बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालस्थित नक्साल कार्यालय, काठमाण्डौँमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । 

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ को आषाढ मसान्तसम्म बैंकले कुल निक्षेप रु.१५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम रु. १४३ अर्ब ७७  करोड प्रवाह गरी संचालन मुनाफा रु.३ अर्ब १९ करोड तथा रु.१ अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको