Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गुराँस लाईफको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

मंगलबार, २३ कार्तिक २०७८, ०७ : ११ मा प्रकाशित

नेप्सेमा गुराँस लाईफको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको ५.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय १८ रूपैयाँ ०१ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ६ सय ५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज कार्तिक २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो कार्तिक २२ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको छैठौँ वार्षिक साधारण सभा मंसिर १० गते,  कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ ।  

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५०५ बोनस सेयर  र कर प्रयोजनको लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

6189ce7a057e3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको