Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षकहरुका लागि छुट्टै शिक्षक अस्पताल बन्ने, तीन लाख बढी लाभान्बित हुने

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, १२ : ३९ मा प्रकाशित

शिक्षकहरुका लागि छुट्टै शिक्षक अस्पताल बन्ने, तीन लाख बढी लाभान्बित हुने

निजामती कर्मचारुहरुका लागि निजामती अस्पताल, प्रहरीका लागि प्रहरी अस्पताल र सेनाका लागि बनेका सैनिक अस्पताल जस्तै शिक्षकहरुका लागि पनि अब छुट्टै शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको छ । अस्पतालका लागि काठमांडौ र चितवनलाई प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पतालका लागि बजेटको व्यवस्था गरेका थिए सोहि बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभान्बित हुने अपेक्षा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको