विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्।
ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज २०औं दिन पनि प्रदर्शन गरेका छन् ।
अघिल्ला दिनहरु जस्तै सोमबार बिहान पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा भेला भएर शिक्षकहरुले प्रदर्शन गरे । उनीहरुको प्रदर्शनका कारण आज पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । मूल सडकबाट सवारी साधन डाइभर्सन गर्दा भित्री सडकहरुमा समेत ट्राफिक जाम हुँदा चालक र यात्रुहरु समस्यामा परेका छन् ।
उनीहरु शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक हड्ताल आह्वान गरेका छन् ।पर्याप्त पूर्व सूचना अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । हड्तालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ । एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण हुनसकेको छैन भने वैशाख १२ देखि सुरु हुने कक्षा १२ को परीक्षामा संशय पैदा भएको छ ।
माइतीघर–नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस