Like us!
Follow us!
Connect us!
Watch us!

'फास्ट ट्रयाक' विधिबाट चैतभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइने

पत्रपत्रिका

बुधबार, २४ कार्तिक २०७८, ०७ : ४७ मा प्रकाशित

'फास्ट ट्रयाक' विधिबाट चैतभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइने

गत असार एक गतेको बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ । मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।

हाल त्यस क्षेत्रमा बाढी तथा पहिरो भत्काएको सडक अस्थायी रुपमा मर्मत गरी मुहान क्षेत्रसम्म गाडी पुग्न सक्ने भएको छ । यस अघि अस्थायी बाँध र दुईसय मिटरको वैकल्पिक सुरुङबाट मुख्य सुरुङमा पानी लगिएको थियो । बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ । यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसालेर पानी काठमाडौं ल्याउन सकिने समितिले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा चैतसम्ममा काठमाडौंमा मेलम्चीको पानी झारेर वितरण गरी सक्ने भन्ने उल्लेख गरेको थियो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा कार्ययोजना पेश गर्ने र त्यस पछि काम शुरु गर्ने तयारी गरेको पन्तले जानकारी दिए । सुरुङ सफा गर्ने, बाटो बनाउने, पहिरो नियन्त्रण गर्ने र मेलम्ची नदीलाई च्यानलाइज गर्ने गरी कार्ययोजना तयारी गरेको जनाएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको