नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । बैंकसँग ७ दिने स्पष्टिकरण माग गर्दै नेप्सेले बैंककाे काराेबार राेक्का गरेकाे हाे ।
बैंककाे सञ्चालक समितिकाे बैठक काराेबार समयमा बसी लाभांश घाेषणा गरेकाे हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंककाे काराेबार राेक्का गरेकाे हाे ।
नेप्सेकाे विज्ञप्तिमा भनिएकाे छ, "धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरण सम्बन्धि सम्झौता बुदाँ नं. ५ मा भएको व्यवस्था अनुसार तत्काल वा भोलि पल्ट वा कारोबार समय शुरु हुनु अघि जानकारी गराउनु पर्ने व्यवस्था रहेकोमा त्यस कम्पनीले लाभांशको वितरण गर्ने निर्णय सोही दिन गराएता पनि कारोबार समय खुल्नु अघि सोही विनियमावलीको २२ (१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समय दिउँसो १:०० बजे देखि ३:०० बजे सम्ममा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६५ १)(ख) मा भएको व्यवस्था अनुसार त्यस कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बसि लाभांश घोषणा गरेको हो ? यस सम्बन्धमा यो पत्रका मितिले ७ (सात) दिन भित्रमा स्पष्टिकरण पेश गर्नु हुन मिति २०७८/०७/२५ को निर्णयानुसार अनुरोध गर्दछु ।"
बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस