Like us!
Follow us!
Connect us!
Watch us!

३ दिनमा १५८.५६ अंकले घट्याे सेयर बजार, नियोजित रूपमा घटाइएको आरोप

नेप्से

विहीबार, २५ कार्तिक २०७८, १४ : ५६ मा प्रकाशित

३ दिनमा १५८.५६ अंकले घट्याे सेयर बजार, नियोजित रूपमा घटाइएको आरोप

सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता दिएको छ । यस साताको अघिल्ला दुई कारोबार दिन पनि घटेको सेयर बजारले साताको अन्तिम कारोबार दिन बिहीबार पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो । २ दिन सार्वजनिक बिदा परेको हुनाले यो साता ३ दिन मात्र कारोबार भएको छ । ३ दिनको कारोबारमा ३ दिन नै नेप्से ओरालो झरेको छ । ३ दिनको अवधिमा नेप्से परिसूचक १५८.५६ अंकले घटेको छ ।

अहिले नेप्सेमा देखिएको करेक्सन अप्राकृतिक रहेको बताउँछन् लगानीकर्ता नवराज दहाल । अहिले नियामक निकाहरुमा नेतृत्व समेत नभएको अवस्थामा सेयरमा खेल्ने समूहहरु हावी भएको तर्क उनको छ । "हिजोका दिनमा नियामक निकायका प्रमुखहरु हुँदा त खासै भएको अनुभव लगानीकर्ताहरुलाई थिएन भने अहिले त झनै नियामक निकायहरु बिना नै सेयर बजार चलिरहेको छ । बजारमा अहिले केही समूहरु बजार बढाउने र घटाउने खेलमा लागेकाछन् कहिले बजार बढाएर टुप्पोमा पुर्याउने अनि कहिले बजारलाई अप्राकृति ढंगले गिराएर लगानीकर्ताहरुलाई प्यानिक बनाएर आँफुले सेयर किन्ने जुन प्रवृति मौलायको छ यसबाट आम लगानीकर्ताहरु फस्ने जोखिम असाध्यै बढेको देख्छु म त यसबाट आम लगानीकर्ताहरु समयमै सचेत हुनु जरुरी छ" उनले भने ।

अहिले बजारमा भइरहेको नेप्से बढ्ने घट्ने जुन खेल छ त्यो कुनै पनि हालतमा प्राकृतिक मान्न सकिदैन भर्खरै सेयरबजारमा प्रबेश गरेका र बजारको प्रवृति राम्रोसंग नबुझेका लगानीकर्ताहरु यो बेला एकदमै जोगिन जरुरी छ । बजारका टाठाबाठा खेलाडीहरुले बजारलाई नियोजित रुपमा तल माथि गराउदै खतरनाक खेल खेलिरहेका छन् आम लगानीकर्ताहरुले यो बेला संयमित भएर कसैको हल्लाको पछि नलागेर स्वविवेकले लगानी गर्न सुझाव दिन्छन् दहाल ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा झरेकाे छ । नेप्से २.१७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १०.६३ अंकले घटेर ५०२.१९ विन्दुमा झरेको छ । 

कूल २२५ वटा कम्पनीकाे ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४७ कराेड ४९ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय २८ रूपैयाँ ७० पैसा पुगेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ । 

आज महालक्ष्मी विकास बैंक लिमिटेड र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । दुवै कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेकाे छ । यी २ कम्पनीको सेयरमा कर्नरिङ भएको भन्ने समाचारहरू बाहिरीएपछि दुवै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । नेपाल धितोपत्र बोर्डले पनि आईसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर कर्नरिङको अनुसन्धान गर्ने भएको छ । बजार सुस्त भईरहेका बेला खेलाडीहरुले आफ्नो शेयर बेच्नका लागि कृतिम मूल्य सृजना गरे पछि बोर्डले यस विषयमा अनुसन्धान गर्ने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको