Like us!
Follow us!
Connect us!
Watch us!

एशियाकै महँगो अपार्टमेन्ट

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १५ : २८ मा प्रकाशित

एशियाकै महँगो अपार्टमेन्ट

हङकङको एउटा अपार्टमेन्ट एसियाकै महँगो साबित भएको छ । माउन्ट निकोल्सस्थित  अर्पाटमेन्टलाई ६४ करोड हङकङ डलरमा बिक्री गरिएको छ । यस हिसाबले अर्पाटमेन्टको प्रति वर्ग फिट मूल्य १ लाख ४० हजार ८०० हङकङ डलर पर्छ । सहरकै महंगामध्येका दुई कम्पनी वार्फ होल्डिङ्स लिमिटेड र नान फङ डेभलपमेन्ट लिमिटेडले सो अपार्टमेन्ट बिक्री गरेका हुन् । 

पहाडको चुचुरोमा रहेको सो अपार्टमेन्ट हङकङ टापुको सुविधा सम्पन्न र बिलासी क्षेत्रमा छ । अर्पाटमेन्टका तीन ओटा पार्किङ क्षेत्र छन् । अर्पाटमेन्ट चार हजार ५४४ वर्ग फिटमा फैलिएको छ । 

यो अर्पाटमेन्टले नौ महिनाअघि बिक्री भएको अर्को अर्पाटमेन्टको रेकर्ड तोडेको छ । फेब्रुवरीमा हङकङका धनाढ्य भिक्टर लिको कम्पनी सीके असेट होल्डिङले प्रति वर्ग फिट १ लाख ३६ हजार हङकङ डलरमा एउटा अपार्टमेन्ट बिक्री गरेको थियो ।

पछिल्लो खरिद बिक्रीले हङकङ सहरको सुबिधा सम्पन्न आवासीय बजारको मूल्य निरन्तर बढिरहेको देखाएको छ ।  

घर जग्गा तथा भवनमा भइरहेको लगानीबारे अनुसन्धान गर्दै आएको कोलिर्स इन्टरनेसनलका अनुसार पछिल्लो एक वर्षमा हङकङमा अर्पाटमेन्ट तथा भवन खरिद बिक्रीमा १२ अर्ब ८ करोड डलर बराबरको कारोबार भएको छ । 

यो कारोबार अघिल्लो बर्षको तुलनामा दोब्बर हो । त्यस्तै, आगामी वर्षको दोस्रो तीन महिनामा घर तथा अर्पाटमेन्टको मूल्यमा ३ प्रतिशतले बृद्धि हुने कोलिर्स इन्टरनेसनले अनुमान गरेको छ । पछिल्लो समय मुख्य भूमि चीन र र हङकङबासीको रोजाई महंगा घर र अर्पाटमेन्टमा परेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको