Like us!
Follow us!
Connect us!
Watch us!

तेश्रो स्थानबाट दशौँ स्थानमा झरे अडानी, अम्बानी र अडानी को बने एशियाको धनी ?

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १३ : ३० मा प्रकाशित

तेश्रो स्थानबाट दशौँ स्थानमा झरे अडानी, अम्बानी र अडानी को बने एशियाको धनी ?

केही दिन अगाडि १२२ बिलियन अमेरिकी डलरनेट वर्थका साथ फोर्ब्स विश्वधनाढ्यको सुचीमा तेश्रो स्थानमा रहेका गौतम अडानी हिडेनवर्गको रिपोर्ट पश्चात अडानी समूहको सेयरमा आएको भारी गिरावटका कारण धनाढ्यको विश्व सूचीको लिस्टमा दशौँ स्थानमा झरेका छन्। 

अडानीको नेटवर्थ १२२.५ बिलियन अमेरिकी डलरबाट झरेर उनको नेट वर्थ ८३.६ बिलियन अमेरिकी डलरमा आइपुगेको छ। अर्कोतर्फ भारतका अर्का धनाढ्य मुकेश अम्बानीले गौतम अडानीलाई जितेर विश्व धनाढ्यको सूचीमा नवौं स्थानमा उक्लेका छन्। 

हाल धनाढ्यको सूचीमा रहेका एशियाका धनाढ्य बीच को एसियाको धनाढ्य बन्ने भन्ने बीच प्रतिस्प्रधा चलिरहेको छ। हाल मुकेश अम्बानी ८४.३ बिलियन अमेरिकी डलरका साथ नवौ स्थानमा रहेका छन् भने गौतम अडानी ८३.६ बिलियन अमेरिकी डलर नेटवर्थका साथ दशौँ स्थानमा रहेका छन्। 

हिडेनवर्गले जनवरी २४ मा रिपोर्ट सार्वजनिक गरेको थियो। वेब अर्काईभबाट हेर्दा गौतम अडानीको नेट वर्थ १२२.९ बिलियन अमेरिकी डलर रहेको थियो। जनवरी २४ मा मुकेश अम्बानीको नेट वर्थ ८६.१ बिलियन अमेरिकी डलर रहेको थियो। 





 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको