Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले यसरी दियो नेप्सेलाई स्पष्टिकरण, कारोबार फुकुवा

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, १३ : १३ मा प्रकाशित

प्रभु बैंकले यसरी दियो नेप्सेलाई स्पष्टिकरण, कारोबार फुकुवा

प्रभु बैंक लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई  स्पष्टिकरण बुझाएकाे छ । याे सँगै नेप्सेले बैंककाे काराेबार पनि फुकुवा गरेकाे छ ।

बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ ।

यसअघि बैंककाे सञ्चालक समितिकाे बैठक काराेबार समयमा बसी लाभांश घाेषणा गरेकाे हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंककाे काराेबार राेक्का गरेकाे थियाे । 

बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

618e19733c639.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको