माछापुच्छ्रे बैंक लिमिटेडले MBL CARDLESS WITHDRAWAL सेवा सञ्चालनमा ल्याएकाे छ ।
अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै र ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले बैंकले MBL CARDLESS WITHDRAWAL सेवा सञ्चालनमा ल्याएको हो ।
हाल डेबिट कार्ड प्रयोग गरी ATM बाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी Cardless Withdrawal Option गई यस बैंकको ATM हरुबाट नगद झिक्न सक्नेछन् ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस