Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक प्राप्ति भई एकिकृत कारोबार सुरू

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १७ : १५ मा प्रकाशित

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक प्राप्ति भई एकिकृत कारोबार सुरू

आज कात्तिक २८ गते आइतबारबाट काठमाण्डौँ जिल्ला काठमाण्डौँ महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडमा सर्लाही जिल्ला मलंगवा वडा नं. ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ ।

प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाण्डौँ महानगरपालिका वडा नं. २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ । 

प्राप्ति प्रश्चात बैँकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास बैंकले लिएको छ । 

आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकिकृत कारोबार शुभारम्भ समारोह प्रदेश २ महिला बालबालिका एवं युवा तथा खेलकुद मन्त्री माननीय विरेन्द्र प्रसाद सिंहज्यूबाट उद्धघाटन भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गरेको थियो भने सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

साविक सहारा विकास बैँक लिमिटेडका अध्यक्ष सुगन्ध कुमार गुप्ताज्यूले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको