नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार कम्पनीको मुनाफा ३५.१३ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १४ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा कोषको खुद ब्याज आम्दानीमा पनि वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो बढेर ५ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा २२ करोड ९९ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर २८ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
कोषको खुद मुनाफा वृद्धि भएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८६ पैसा रहेकोमा अहिले त्यो ८ रुपैयाँ ७३ पैसाले घटेर २४ रुपैयाँ १३ पैसा पुगेको छ । कोषको खुद मुनाफामा वृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले चालु आर्थिक वर्षमा हकप्रद सेयर र बोनस सेयर वितरण गरि पुँजी वृद्धि गरेको थियो बृद्धि पुँजीको तुलनामा मुनाफा बृद्धि हुननसकेकाले प्रतिसेयर आम्दानीमा गिरावट आएको हो । कोषको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस