Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत उत्पादनले बढायाे अपर तामाकाेशीकाे नाफा, ईपीएस ३२ रुपैयाँमाथि पुग्दा अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १३ : १८ मा प्रकाशित

विद्युत उत्पादनले बढायाे अपर तामाकाेशीकाे नाफा, ईपीएस ३२ रुपैयाँमाथि पुग्दा अन्य सूचक कस्ता छन् ?

अपर तामाकाेशी हाइड्राेपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ८६ करोड १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ७८ लाख १ हजार रूपैयाँ नाेक्सानी व्यहाेरेकाे थियाे ।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ७२ कराेड ७७ लाख ५१ हजार रूपैयाँ आम्दानी गरेकाे छ । कम्पनीको विद्युत उत्पादन सुरु भएसँगै नाफा पनि बढेको हो । कम्पनीले यही भदाैदेखि ६ वटै युनिटबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु गरेकाे थियाे ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । गत वर्ष ०.६७ रुपैयाँले ऋणात्मक रहेकाे कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ४८ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ एक सय ९८ रूपैयाँ १० पैसा रहेको छ । कम्पनीकाे पीई रेसियो २१.५२ गुणा रहेको छ ।  

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61935de596e59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको