Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीको लिलामी सेयर भर्ने देखि पर्नेसम्म बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको पारा देखेर जिल्लै

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, १२ : ०१ मा प्रकाशित

माथिल्लो तामाकोशीको लिलामी सेयर भर्ने देखि पर्नेसम्म बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको पारा देखेर जिल्लै

माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कमजोर कार्य सम्पादनका कारण लगानीकर्ताको पैसा लामो समय फ्रीज हुन पुगेको छ ।

माघ १७ गते लिलामी सेयर बाँडफाँड गरेको क्यापिटलले एक महिना पुग्न लाग्दासमेत उक्त सेयर सूचीकृत गर्न सकेको छैन । लिलामी प्रक्रिया कछुवा गतिमा अघि बढाएको क्यापिटलले उसो त लिलामी सेयरमा आवेदन दिई सेयर नपरेका लगानीकर्ताको रकम समेत हालसम्म फिर्ता गरेको छैन । यसकारण लिलामीमा सेयर पर्ने देखि लिलामीको सेयर भर्ने सबै लगानीकर्ता क्यापिटलको बेहोरा देखेर आजित भइसकेका छन् । त्यसमाथि यसबारे थप जानकारी लिन खोज्दा क्यापिटलले एक्सटेन्सन लाइनमार्फत यतादेखि उता सम्पर्क गराउँदै अर्थसंसार संवाददातालाई झुलाइरहने काम गरेको छ ।

तुलनाकै लागि हेर्ने हो भने पनि माथिल्लो तामाकोशीको लिलामी सेयरमा आवेदन बन्द भएको करिब १० दिनपछि घलेम्दी हाइड्रोले पनि नबिकेको हकप्रद सेयर लिलामीका लागि आवेदन माग गरिएको थियो । उक्त सेयरको सम्पूर्ण लिलामी प्रक्रिया सकेर सेयर बाँडफाँड भई दोस्रो बजारमा सूचीकृत गरि कारोबारसमेत भइसकेको छ ।

मुक्तिनाथ क्यापिटलले गरेको छिटो छरितो कार्यलाई लगानीकर्ताले प्रशंसा गरिरहँदा लक्ष्मी सनराइज क्यापिटलले भने लगानीकर्ता प्रति उत्तरदायी बन्न अझ धेरै सिक्न बाकिँ नै रहेको अनुभव लगानीकर्ताले गरेका छन् ।

माथिल्लो तामाकोशीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्य सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो । लिलामी सेयरको कटअफ मूल्य १४७ रुपैयाँ कायम भएको क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको