Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसारको खबरदारीपछि बिक्री प्रबन्धकले फिर्ता गर्ने भयो माथिल्लो तामाकोशीको अवितरित हकप्रदमा नपरेको पैसा, लगानीकर्ताले दु:ख भने पाउने

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, ०९ : २३ मा प्रकाशित

अर्थसंसारको खबरदारीपछि बिक्री प्रबन्धकले फिर्ता गर्ने भयो माथिल्लो तामाकोशीको अवितरित हकप्रदमा नपरेको पैसा, लगानीकर्ताले दु:ख भने पाउने

माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर नपरेका लगानीकर्ताको पैसा लामो समय सम्म पैसा फिर्ता नगरेको चर्को आवाज उठेपछि क्यापिटलले आज एक सूचना जारी गरेको छ। 

हालसम्म पनि फिर्ता नपाउने लगानीकर्ताले अझै दु:ख पाउने भएको छ। यो लगानीकर्ताले अब चेक मार्फत भुक्तानी पाउनेछन।  तर, क्यापिटलका अनुसार अब रकम लिन शिलबन्दी पेश गरेकै स्थानमा लगानीकर्ता जानुपर्ने पुग्नु पर्ने हुन्छ । सूचना अनुसार यो व्यवस्था काठमाडौं उपत्यकाबाट आवेदन दिने लगानीकर्तालाई लागू हुने कम्पनीले जनाएको छ । नागरिक लगानी कोषमा आवेदन बुझाएकाहरुले कोषको भवन नयाँ बानेश्वर र लक्ष्मी सनराइज क्यापिटलमा आवेदन बुझाएकाहरु यसको कार्यालय कमलपोखरीबाट चेक पाउनेछन। 

अर्थसंसारले  'लगानीकर्तालाई अत्याचार गर्दै लक्ष्मी सनराइज क्यापिटल, अझै फिर्ता गरेन तामाकोशीको लिलामी सेयरको पैसा' समाचार सम्प्रेक्षण गरेपछि क्यापिटल दबाबमा परेको थियो

क्यापिटलले माघ ५, ६ र ७ गते तीन दिन लगाएर सिलबन्दी बोलपत्र खोलेको थियो भने त्यसको १० दिन पछि मात्रै माघ १७ गते लिलामी सेयर बाँडफाँड गरेको थियो । लिलामी प्रक्रिया नै कछुवा गतिमा अघि बढाएको क्यापिटलले हाल बाँडफाँडको एक महिना पुग्न लाग्दासमेत धेरै लगानीकर्ताहरुको धेरै रकम अझै पनि बन्धक बनाएर राखेको छ । 

हाल पनि क्यापिटल  बैंक तथा वित्तीय संस्थाको खाता नम्बर तथा बैंकमा रहेको विवरणसंग नमिलेको कारण फिर्ता भुक्तानी हुन नसकेको भन्दै फागुन १६ गते बुधबारका दिनदेखि मात्र पैसा फिर्ता गर्ने सूचनामा उल्लेख छ ।

 लिलाम प्रक्रियाको सुरुवात देखि नै क्यापिटलको व्यवस्थापन निकै भद्रगोल नै रहेको थियो । फर्म लिएर क्यापिटल पुगेका लगानीकर्ताले पुरै दिन नै माया मारेर भिड र असुविधा सहनुपरेको थियो । यस्तै कति आवेदन दिन पुगेका लगानीकर्ताले त क्यापिटलको परिसरमा भएको हुल र एकदम कमजोर व्यवस्थापनका कारण आवेदन नै नदिएर फर्केको टिप्पणी गरेका थिए ।

यस कम्पनीको बोलपत्र खोल्न सुरु भएपछ्यात बिच बिचमा रोकिनु वा स्थगित गर्दै सम्पूर्ण प्रकियाको निष्पक्षता माथि प्रश्न उठ्को छ। 

यस्तो छ सूचना 

65dd5c0f2fa72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको