Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १० : ३६ मा प्रकाशित

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे

सिभिल बैंकको संचालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे सर्वसम्मत चयन भएका छन् ।

मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रतापजङ्ग पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंक अध्यक्ष चयन भए पश्चात प्रतापजङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्षपदमा चयन गरी थप जिम्मेवारी प्रदान दिएको सवै संचालकहरुलाई धन्यवाद  दिए ।

संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पुर्याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुले हाम्रो साथ–सहयोग रहने धारणाव्यक्त गरे ।

अध्यक्ष प्रतापजङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्चमनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डरलगायत समग्र पक्षको भावनाअनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवातथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड  दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको