तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अबर सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन ।
अब कहिलेबाट माैसममा सुधार हुन्छ ? जवाफमा माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् प्रतिभा मानन्धर भनिन्, 'निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन ।'
हिउँदयाममा बदली, तुवाँलाेकाे समस्या बढ्दै जाने उनले बताइन् ।
बिहान काठमाडाैं उपत्यकामा हल्का घाम लागे पनि दिउँसाे फेरि बदली हुने आँकलन महाशाखाले गरेकाे छ । 'प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेकाे छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,' उनले भनिनन्, ' तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।'
बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस