Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक डिजिटल बैंकिङ्गमा अग्रसर हुँदै

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १७ : १९ मा प्रकाशित

सिटिजन्स बैंक डिजिटल बैंकिङ्गमा अग्रसर हुँदै

सिटिजन्स बैंकल बैंकिङ्गमार्फत सी  सि.आर.एन तथा डिम्याट नम्बर बिबरण हेर्ने सुबिधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नीच्यानलमा स्त्तरोन्नतीगरे पश्चात यो सेवाको सुरुवात गरेको हो ।

यो सेवाप्रारम्भ भएसंगै प्राथमिक शेयर निश्कासनको समयमाआवश्यक  सि.आर.एन नं याद गरिरहन पर्ने झनझटबाट ग्राहकहरु मुक्तहुने विश्वास बैंकले गरेको छ । 

हालको मोबाइल बैंकिङ्गएपलाई स्तरोन्नतीगर्दै बैंकले सिटिजन्स बैकमाखाताभएकाएवं नभएकाग्राहकहरुलाई समेत लक्षितगर्दै बिना चेक इ क्यास पठाउने, रकमजम्मागर्न इ भौचर प्रयोग गर्नेलगायतका सुबिधा समेत थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाताखोल्ने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइनभुक्तानीगर्ने,  क्यूआर कोड मार्फत भुक्तानीगर्ने लगायतकाउपयोगी सेवाप्राप्तगर्न सक्नेछन् । यस स्तरोन्नत्ती संगै अब बैंककाग्राहकहरुले बैंकमानगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमाप्राप्तगर्न सक्ने बिश्वास समेत बैंकले लिएको छ । 

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११३   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

कोरोना भाइरस (COVID19)  को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतमप्रविधिको अधिकतमप्रयोग गर्दै सावधानीपूर्वक आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु डिजिटली प्रदानगरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमाभएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामागएर निवेदनदिने झन्झट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनिकायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकमहानुभावहरुलाई सकेसम्म बैंकमानआइकनै बैकिङ्ग सुबिधाप्राप्तगर्न सहजहोस् भनी यस बैंकमा बचत खाता संचालनगर्दै आउनुभएकाग्राहकमहानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथाआस्बा सेवा,कार्ड लगायतकाविद्मुतियभुक्तानीकामाध्यमहरुमापहिलो बर्षको शुल्कमिनाहाहुने व्यवस्था समेत मिलाइएको छ ।

यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई  कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको