धेरै व्यक्तिहरूलाई आफूले प्रयाेग गर्ने सीमकार्ड कसकाे नाममा दर्ता छ भनेर थाहा नहुन सक्छ । त्यसैले आज हामी यहाँ आफूले प्रयोग गर्ने सीमकार्ड कसको नाममा छ हेर्ने तरिका सिकाउनेछाैँ ।
यदि तपाईँसँग नेपाल टेलिकमकाे सीमकार्ड छ भने आफ्नाे सीमकार्ड कसकाे नाममा दर्ता छ भन्ने थाहा पाउन *९२२# डायल गर्नुहाेस् । त्यहाँ तपाईँले आफ्नाे सीमकार्ड दर्ता भएकाे नाम देख्न सक्नुहुनेछ ।
त्यसैगरी, यदि तपाईँसँग एनसेलकाे सीमकार्ड छ भने आफ्नाे सीमकार्ड कसकाे नाममा दर्ता छ भन्ने थाहा पाउन *९९६६# डायल गर्नुहाेस् । त्यहाँ तपाईँले आफ्नाे सीमकार्ड दर्ता भएकाे नाम देख्न सक्नुहुनेछ ।
यदि तपाईँले प्रयाेग गरिरहनु भएकाे सीमकार्ड तपाईँकाे नाममा छैन भने नेपाल टेलिकम तथा एनसेलकाे कार्यालय वा सेवा प्रदायकहरूसँग सम्पर्क गरी आफ्नाे नाममा बनाउन सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस