Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली नागरिकता कै आधारमा अब भारतीय सिम कार्ड पाइने

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १० : ०८ मा प्रकाशित

नेपाली नागरिकता कै आधारमा अब भारतीय सिम कार्ड पाइने

नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउने भएका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीले अब सहजै भारतीय सिम कार्ड लिन जानकारी दिएका हुन् । पहिले प्राविधिक कारणले नेपालीले भारतीय सिमकार्ड लिन कठिनाई उत्पन्न हुँदै आएको थियो । शर्माले राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा उक्त निर्णय हुनु खुसीको कुरा भएको पनि उल्लेख गरेका छन् ।

भारतमा रोजगारी, पर्यटन, शिक्षा, दूतावास अन्तर्वार्ता लगायत विभिन्न प्रयोजनका लागि लाखौं नेपाली आवतजावत गर्दै आएका छन् । भारतीय सिम झिक्न कठिनाइ हुँदा नेपालीहरुले हैरानी भोग्दै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको