Like us!
Follow us!
Connect us!
Watch us!

अब शत प्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमा, नेपाली पुनर्बीमा कम्पनीको व्यवसाय बढ्ने

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, ०७ : ३२ मा प्रकाशित

अब शत प्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमा, नेपाली पुनर्बीमा कम्पनीको व्यवसाय बढ्ने

नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अब १०० प्रतिशत पुनर्बीमा स्वदेशी पुर्नबीमा कम्पनीमा गर्नुपर्ने भएको छ ।

बीमा समितिले हिजो बिहीबार एक सूचना जारी गर्दै समितीबाट अनुमति प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको खण्डमा मात्रै बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीहरुमा पुनर्बीमा गर्न पाउनेछन् ।

हालसम्म नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा २० प्रतिशत अनिवार्य पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । अब नीजि क्षेत्रको स्वामित्वमा पनि आर्को पुनर्बीमा कम्पनी सञ्चालनमा आएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले जारी गरेको निर्देशन यस्तो छः

61a03d33a2f42.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको