Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्बीमाको बजार विकास गर्न निर्देशिक

पत्रपत्रिका

विहीबार, २७ जेठ २०७८, ०८ : ०३ मा प्रकाशित

पुनर्बीमाको बजार विकास गर्न निर्देशिक

बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर)सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । पुनर्बीमा दलाल (ब्रोकर)को  पुँजी  निर्धारण  गरी  दर्ता  तथा नियमको व्यवस्था मिलाई पुुनर्बीमा बजारको  विकास गर्ने उद्देश्यले समितिले निर्देशिका जारी गरेको हो । 

उक्त निर्देशिकाअनुसार बीमा व्यवसाय सञ्चालन गर्न स्थापित सङ्गठित संस्थाको अधिकृत पुँजी कम्तीमा १० करोड रुपियाँ हुनुपर्ने, त्यसको ५० प्रतिशत रकम चुक्ता पुँजीका रूपमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै पुँजीमध्येबाट अधिकृतपुँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै इजाजतबिना कसैले पनि पुनर्बीमा  दलाल  भई  कार्य  गर्न पाउने छैन भने दलाल सङ्गठित सस्था हुनुपर्ने व्यवस्था समितिले गरेको छ । पुनर्बीमा दलालले  बीमकले  जारी गरेको बीमालेख अन्तर्गत   उत्पन्न हुने दायित्व सम्बन्धमा बीमकको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बजारको तथ्याङ्क विश्लेषण  गरेर पुनर्बीमित÷पुनर्बीमकलाई उपलब्ध गराउने, दाबी भुक्तानी सहजीकरण गर्ने, सम्झौता तयार गर्न सहयोग गर्ने, सम्झौताअनुसार लिने  दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने कार्य गर्ने 
 निर्देशनमा उल्लेख छ ।

त्यस्तै जोखिम अनुसार उपयुक्त पुनर्बीमा  व्यवस्था गर्न सहयोग गर्ने, बीमितका लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्नेलगायतका  कार्य तोकिएका छन् । समितिले विदेशी पुनर्बीमा दलालसम्बन्धी   पनि व्यवस्था   गरेको छ ।  पुनर्बीमा  दलालहरूको  अन्तर्राष्ट्रिय व्यावसायिक पहुँच प्रतिष्ठा तथा समितिले तोकेको अन्य आवश्यक मापदण्डका आधारमा समितिले नेपालमा सम्पर्क खोल्न इजाजत दिनसक्ने   निर्देशनमा उल्लेख छ । 

समितिबाट पुनर्बीमा दलालको इजाजत दिने आशयपत्र प्राप्त भएपछि ब्रोकिङ कार्य गर्नुअघि नेपालको क वर्गको वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिटबापत ५० हजार अमेरिकी डलर जम्मा गर्नु पर्नेछ । नेपाल  पुनर्बीमा दलालसँग संयुक्त रूपमा नेपालमा पुनर्बीमा दलाल  सङ्गठित संस्था खोल्दा पुँजीको ५५ प्रतिशतसम्म सेयर हिस्सा राख्न सक्नेछन् ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको