Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको घटबढलाई उपयोग गर्न जान्याे भने प्रशस्त नाफा कमाउन सकिन्छ : दुर्गा तिवारी

लगानीकर्ताको आवाज

शनिबार, ११ मंसिर २०७८, १३ : ०६ मा प्रकाशित

करिब १५ वर्ष अगाडी गृहणी रही लगातार ३ वर्षसम्म लोकसेवाको असफलताको नैराश्यतापछि आज सफल लगानीकर्ताको नामले परिचय बनाउन सफल भएकी छिन् दुर्गा तिवारी ।  

तत्कालीन समयमा कान्तिपुरमा रवीन्द्र भट्टराईको विज्ञापन देखेर सेयरको तालिम लिन प्रभावित भएकी दुर्गा तिवारी करिब ७ दिनको सेयर बजारको तालिम लिएर सक्रिय लगानीमा प्रवेश गरिन् । वस्तुगत ज्ञानले मात्र लगानी गर्न सहज नहुने उनको भनाई अनुसार सेयर बजारमा व्यवहारिक ज्ञान लिन कोभिडको समय अघिसम्म दैनिक ब्रोकर अफिस पुगेर सेयर किनबेच गरेको अनुभव साट्दछिन् । सेयर बजारमा महिलालाई असहजता र ब्रोकर अफिसमा रहँदा त्यहाँ आउने महिलाका लगानीका कथा तथा राजनीतिज्ञको सेयर बारे गलत नजरको चर्चा गर्दै उनले यस अन्तर्वातामा महिला अब लङ्ग टर्म इन्भेस्टर नभई ट्रेडर बनिसकेका कुरा माथि प्रकाश पारेकी छिन्। असहजतालाई  अनुकूलतामा परिवर्तन गरेकी उनी सेयर बजारमा महिलालाई अनुकूल नभई पनि महिलाले आफै अनुकूल बनाएका बताउँछिन् ।

नेपाली समाज परापूर्वकालदेखि पितृसत्तात्मक रहेको र महिलालाई समाजले आर्थिक स्वतन्त्रता नदिएको कुरा उनी जोड्दछिन्  । संख्यामा ४२% डिम्याट खाता भएपनि लगानी स्वतन्त्रता नभएका कारण दोश्रो बजारमा महिलाको लगानी कम भएकोमा उनी चिन्ता व्यक्त गर्दछिन्। श्रीमान तथा परिवारका सदस्यले दिने पैसा तथा अन्य क्षेत्रबाट जोहो गरेको पैसा नाफा कमाएर फिर्ता गर्नुपर्ने बाध्यता रहने उनको विचार छ । सेयरबजार जोखिममुक्त नभएकोले संयमताका साथ लगानी गरेमा नाफा कमाउन सक्ने उनले सुझाव दिएकी छिन् । 

ब्रोकर हाउस बसेर लगानी गर्दाको अनुभव जोड्दै उनले भनिन् ," ब्रोकर हाउसमा बस्दा केही मात्रामा महिला लगानीकर्ता आउनुहुन्छ तर उहाँलाई खरीद बिक्रीको स्वतन्त्रता दिएको नहुने र के किन्ने बेच्ने कुरा श्रीमानहरुले फोनबाट भन्ने र सो अनुरूप उहाँहरूले किन्ने बेच्ने मात्र गर्नुहुन्छ ।" यस कुरामा आपत्ति जनाउँदै उनले बरु महिलालाई थोरै मात्रामा पूँजी उपलब्ध गराएर पुण रूपमा लगानीको स्वतन्त्रता दिन उनकाे सुझाव छ ।

सेयर र सरकारको सम्बन्ध :

कुनैपनि सरकार राजनीतिक दल सेयर बजारप्रति सकारात्मक नरहेको उनको विचार छ र हरेक सरकार वैदेशिक ऋण र वैदेशिक लगानी भित्र्याउने सहज बाटो लिने र राज्यभित्र का जनताको पैसाबाट आईपीओ उठाएर विकास गर्न सकिने कुरामा जानकार हुन नखोजेको कुरामा उनी आक्रोश व्यक्त गर्दछिन् । सरकारले दोस्रो बजारमा हुने चलखेल र मूल्यान्तरलाई नै सेयरबजार हो भन्ने विचार नेतृत्वकर्तालाई भएकोले गर्दा समय समयमा सेयरबजारमा नकारात्मक प्रभाव परेको उनको जोड छ । राजनीतिज्ञलाई सेयर बजारमा लगानी गर्न सिकाएको कुरा जोड्दै उनी भन्छिन् ," राजनीति सेवा हो ,राजनीतिलाई सेवाको रूपमा मात्र हेर्नुपर्छ । राजनीतिज्ञ हरुले सेयरबजार बुझेर लगानी गर्न थाल्ने हो  भने राजनीति अज स्वच्छ हुनेमा ढुक्क छु " 

उनको अनुभव र उनको सुझाव: निरन्तरता मात्र निरन्तरता 

कुनै पनि काममा निरन्तर काम गर्यो भने मात्र सफल हुने उनको अडान छ र निरन्तरताले नै उनी यहाँसम्म आएकी छिन् । एउटै काममा लागिरहने उनको बानीले उनलाई आजको सफलतासम्म डोहोर्याएकाे उनको विश्वास छ । सानो पुँजीबाट बजारमा प्रवेश गरेकी उनी हरेक महिना लगानी गर्दथिन् । मासिक रूपमा प्राप्त सानो पुँजीलाई सेयरमा लगानी गर्दा उनीसँग आफूले सेयर किन्न मात्र जानेको र बेच्न नजानेकोले गर्दा केही वर्ष न नाफा न घाटामा रहेको अनुभव छ ।

सधैँ सेयर बजार घटबढ हुने भएको कारण सेयरको घटबढलाई उपयोग गर्न सकियाे भने नाफा कमाउन सक्ने उनको अनुभवले बताउँछ। सामाजिक सञ्जालमा देखिने नैराश्यताका स्टाटस मनन नगर्न उनी सुझाव दिन्छिन् । सधैं बजार बढ्छ भन्ने मानसिकता बोकेर बजार प्रवेश गर्नु घातक हुने कुरामा उनी जोड दिन्छिन् । बजार घटेपनि दिर्घकालिन रूपमा बजार बुलिस नै हुने उनी दावी गर्दछिन् ।

कहिलेकाँही अध्ययन र अनुमान लगाएका कुरा गलत हुने गर्दा न आत्तिई संयमता लिन लगानीकर्ताहरूलाई उनले सुझाव दिएकी छिन्। पहिला आफूलाई चिन्ने गर्नुपर्ने र आफू ट्रेडर बन्ने कि इन्भेस्टर बन्ने छुट्याउनु पर्नेमा उनले जाेड दिइन् । ट्रेड्रर हुने भए सेयर बेच्न पनि सिक्नुपर्ने कुरामा विचार गर्न उनले अनुरोध गरिन्।

सेयर बजारमा अल्पकालीन आरोह अवरोह आउनेहुँदा यसलाई पेशा नै बनाउने हो भने धेरै अध्ययन, अनुभव र समय दिनुपर्ने उनकाे सुझाव छ ।

उनीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको