Like us!
Follow us!
Connect us!
Watch us!

अहिले ऋण लिएर लगानी गर्दा पनि हुन्छ जस्तो लाग्छ, मैले चाहीँ सुरु गरिसकेँ : दुर्गा तिवारी

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १४ : १९ मा प्रकाशित

विगत १६ वर्ष अगाडी गृहणी रही लगातार ३ वर्षसम्म लोकसेवाको असफलताको नैराश्यतापछि आज नेपाली सेयर बजारमा सफल लगानीकर्ताको नामले परिचय बनाउन सफल भएकी छिन् दुर्गा तिवारी ।  

उनीमाथि एउटा आरोप लाग्ने गरेको छ, "जब आफूले सेयर किनिसकेपछि सकारात्मक माहोल कसरी बनाउन सकिन्छ भनेर त्यो किसिमको म्यासेज दिनुहुन्छ अनि बेच्ने बेला भएपछि कसैलाई भन्नुहुन्न आफू सुटुक्क बेच्नुहुन्छ ।" अर्थसंसारकाे नियमित कार्यक्रम सेयर गफकाे यस श्रृङ्खलामा कुराकानी गर्दै उनले उक्त आरोपकाे बारेमा आफ्नो अभिव्यक्ति यसरी व्यक्त गरिन्, "हैन याे गलत हाे । मैले सधैँ भन्ने गर्छु सेयर बजार भनेकाे एउटा महासागर हाे । म भनेकाे एक चम्चा पानी सरह हाे के त्याे महासागरमा एक चम्चा पानी झिक्दा पनि केही फरक पर्दैन । थप्दा पनि केही फरक पर्दैन । त्याे महासागर आफ्नो लयमा बगिरहन्छ । त्याे लयमा बग्दा खेरी आफू कसरी त्यसमा समाहित भएर बग्ने र सफलता प्राप्त गर्ने कुरा मात्रै हाे । हिजाेकाे दिनमा मैले त्याे लय समात्न नसक्दा म असफल थिएँ आजकाे दिनसम्म आइपुग्दा मैले १६ वर्षकाे अनुभवले लयलाई केही हदसम्म समात्न सफल भएको छु । त्यो १०० प्रतिशत सक्सेस हाेइन रहेछ । म भन्दा ठूला सिनियर लगानीकर्ताहरूसँग भेट्दा पनि उहाँहरूले त्याे लयलाई १०० प्रतिशतल सफलसँग समात्न सकेकाे देखेकाे छैन ।

बजारमा चलखेल गर्नु गलत हाे भने नियामकले राेक्न सक्नुपर्ने उनकाे तर्क छ । खेलाडीले बजारलाई उचाल्छन् खेलाडीले बजारलाई पछार्छन् भन्ने सुनिन्छ नेपालको बजारमा खेल्ने चाहीँ को रहेछ भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, "यस्ताे अब बुल मार्केटकाे कुरा हाे । बियर मार्केटमा त खेलाडीहरू काेही पनि मार्केटमा अगाडि आएर ट्रेड गरेको देखिँदैन । लङ टर्म इन्भेष्ट गर्नेलाई त खेलाडी भनेनन् होला । सर्ट टर्म ट्रेड गरेर बजारलाई नै एकदम तलमाथि पार्न सक्ने पात्रहरूलाई नै सायद खेलाडी भनिएको होला है मलाई ठ्याक्कै चाहीँ थाहा छैन । अब धेरै पात्रहरू त हामीले चिन्छौँ । बजारलाई तल माथि पार्न सक्ने एक किसिमले बजारमा यो कम्पनी खेलाउँदै छ रे भन्ने सुनिन्छ । हामीले पनि सुन्छौँ । कतिपय स्थितीमा ती कम्पनीमा जुन किसिमको मुमेन्टम क्रिएट हुन्छ त्यसले गर्दा हामी पनि ट्रेड त गरिराको हुन्छौँ नी । जुन किसिमको माहोल सृजना हुन्छ सबै मासै त्यो कम्पनीमा लाग्नुपर्ने बनाउँछन् नी त्यही होलान् खेलाडी भन्या । बजारमा चलखेल हुन्छ । कस्तो भने त्यो गलत हो वा सही हो कुनै नियामक निकायले गलत हो भन्न सकेको छैन । एउटा व्यक्ति ववा एकाघरको परिवारले एउटा कुनै कम्पनी १५ प्रतिशतसम्म सेयर किन्न पाउने अवस्था भाको भएर त्योसम्म किन्न पाइन्छ भन्ने हो बढ्दा घट्दा खेरी उसले बेच्न पनि पाउँछ । यसैलाई गलत भन्न खोजेको चाहीँ होइन । नियम भित्र बसेर खेल्न पाइयो । गलत हो भने त नियामक निकाय छ नी त उनीहरूले कारबाही गर्नुपर्यो नी । गलत प्रमाणीत पनि हुनुपर्यो नी । मैले आरोप लगाएर त केही हुनेवाला छैन नी त ।"

कुराकानी कै क्रममा उनले अहिले ऋण लिएर लगानी गर्दा पनि हुने बताइन् । उनले आफूले भने सेयर किन्न सुरू गरिसकेकाे पनि बताएकी छिन् । 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको