Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्रङ बाउन्स ब्याक कुर्दै बजार, स्थिर नभई नयाँ लगानी नथप्दा उपयुक्त : दुर्गा तिवारी

निशा हुमाँगाई

सोमबार, ०१ जेठ २०८०, १६ : २८ मा प्रकाशित

स्ट्रङ बाउन्स ब्याक कुर्दै बजार, स्थिर नभई नयाँ लगानी नथप्दा उपयुक्त : दुर्गा तिवारी

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । २१ महिनादेखि बजार लगातार घटिरहँदा लगानीकर्ताहरू प्यानिक बनिसकेका छन् ।

यही सन्दर्भमा केही दिन अघिदेखि हामीले हरेक दिन एक जना लगानीकर्ताहरूसँग सेयर बजारको पछिल्लो अवस्था र लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला भन्ने सुझावमा केन्द्रित भई कुराकानी गरिरहेका छौँ । यसअघि हामीले नेपाली पूँजी बजारका पुराना एवंम अनुभवी लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग, लगानीकर्ता एसपी चौलागाईँ, दिपेन्द्र अग्रवाल र रोहन कार्कीसँग कुराकानी गरेका थियौँ । आज भने हामीले बजारकी अनुभवी लगानीकर्ता दुर्गा तिवारीसँग कुराकानी गरेका छौँ ।

अहिलेको सेयर बजारलाई कुन अवस्थामा देख्नु भएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्, " अहिले सर्सर्ती हेर्दा विगतमा यही पोइन्टबाट धेरै पटक बजार फर्केको थियो । त्यसले गर्दा हामीले बजारमा स्ट्रङ बाउन्स ब्याक कुरिरहेकै अवस्था हो । म पनि त्यही नै कुरिरहेकी छु । तर बजारले अहिले स्ट्रङ बाउन्स ब्याकको संकेत चाहीँ दिईसकेको छैन ।"

अहिलेको अवस्थामा विशेषगी साना लगानीकर्ताहरूले के गर्दा उपयुक्त होला ? भन्ने प्रश्नमा लगानीकर्तालाई सुझाव दिँदै उनले भनिन्,  " अहिले साना मात्र हैन ठूला लगानीकर्ताहरू पनि प्यानिकै भएको अवस्था हो । बजार एकदमै लगातार नै घटिरहेको छ । कतिपय अवस्थामा चाहीँ बजार अलिकति स्थिर नभईकन नयाँ लगानी नथप्दा उपयुक्त हुन्छ । एभ्रेजिङ गर्ने वर्ने गरिरहेका हुन्छौँ हामी तर अहिले बजार स्थिर भइसकेको छैन एकचोटी झर्ने फेरि अलिकति बढेर फेरि घट्ने भइराखेको छ ।  यस्तो बेलामा नयाँ लगानी थप्नु भन्दा पनि अलिकति पर्ख र हेरको अवस्थामा बस्दा राम्रै हुन्छ कहिले काहीँ । किनभने बजारमा बाउन्स ब्याकको सङ्केत देखिईसकेको छैन, हामी सबैजना साना लगानीकर्ताहरू हौँ हामीसँग पूँजी सिमित हुन्छ । लगानी गर्दा गर्दा पैसा सकिन्छ । लङ टर्म इन्भेष्टमेन्ट गर्ने हो भने त फण्डामेन्टल्ली स्ट्रङ कम्पनी छानेर लगानी गर्दा हुन्छ । ट्रेड गर्ने हो भने त बाउन्स ब्याक कुरिरहेको क्षण हो अहिले । स्ट्रङ बाउन्स ब्याकको संकेत आयो भने अनि इन्ट्री गर्दा हुन्छ ।"

यसअघि यही सन्दर्भमा अन्य लगानीकर्ताहरूसँग गरिएकाे कुराकानी पढ्न तलका लिङ्कहरू थिच्नुहाेस् :

लगानीकर्ता डिप्रेस्ड छन्, सरकार कानमा तेल हालेर बस्यो: छोटेलाल रौनियार

सेयर बजारमात्र हैन सबै सेक्टर डामाडोल छ, लगानीकर्ताले आफूलाई सम्हाल्नुपर्छ : राधा पोखरेल

बजार बुल चरणको तयारीमा, आत्तिएर सेयर नबेच्नुस् : एसपी चौलागाईँ

सबै सेक्टरको पैसा बजारमा आउनेवाला छ, त्यस बेला मार्केटले नयाँ हाई बनाउँछ : दिपेन्द्र अग्रवाल

बजार बटममा छ, लगानी गर्नु एकदमै उपयुक्त : रोहन कार्की

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको