Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफको'जर्नी टु सक्सेस'सेमिनार सम्पन्न

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १४ : १० मा प्रकाशित

महालक्ष्मी लाईफको'जर्नी टु सक्सेस'सेमिनार सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा "Journey to Success" विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ । 

मंसिर ११ गते सामाखुसी स्थित स्काई वैंकेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरुलाई सहभागि गराइएको थियो।

बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो । नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा २६ वर्ष देखि बैंक, बीमामा निरन्तर कार्यकारी प्रमुख रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिएका थिए । 

कार्यक्रमका विशेष अतिथि पूर्व प्राध्यापक, स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक तथा बीमा विज्ञ डा। दामोदर बसौलाले आफुले लामो समय देखि बीमा अभिकर्ता भई कार्यरत रहँदाको व्यवहारिक प्रशिक्षण दिदै बीमा पेशामा सफल हुन चाहिने गुणहरु र अवलम्बन गर्नु पर्ने बाटोहरु बारे जानकारी गराए । कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले धन्यवाद ज्ञापन गर्दै बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षण दिएका थिए । 

61a48f6bf2e85.jpg 61a48f6c1c40c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको