Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई दियो मर्जरको अन्तिम स्वीकृती

अर्थ संसार

बुधबार, २० असार २०८०, ११ : ४८ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई दियो मर्जरको अन्तिम स्वीकृती

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले मर्जरको अन्तिम स्वीकृती दिएको छ। प्राधिकरणले लामो समयदेखि छलफलमा रहेको यी दुई इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृती दिएको हो ।

कम्पनीले यसअघि दुई कम्पनी एक आपसमा संयुक्त रुपमा कारोबार भएपश्चात् बीमितहरुका लागि जारी गरिने पोलिसी तयार पारिसकेका छन् ।

यी दुई कम्पनीले मर्जर भएर एकीकृत कारोबार गर्नुपूर्व नै विभिन्न बिमा योजना सार्वजनिक गरेका छन् ।

असारभित्रै मर्जर भई ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’को नाममा एकीकृत कारोबार गर्ने दाबीसहित दुवै कम्पनीले संयुक्त रूपमा नयाँ बीमा योजनाहरू घोषणा गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको