Like us!
Follow us!
Connect us!
Watch us!

आज देशभर बदली, भाेलि यी क्षेत्रमा वर्षाकाे आँकलन

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ०७ : ०६ मा प्रकाशित

आज देशभर बदली, भाेलि यी क्षेत्रमा वर्षाकाे आँकलन

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेकाे छ । आज देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।  

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली  रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको