Like us!
Follow us!
Connect us!
Watch us!

फाेरजी इन्टरनेट चल्छ तर फाेन चल्दैन

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १३ : ५० मा प्रकाशित

फाेरजी इन्टरनेट चल्छ तर फाेन चल्दैन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के) मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेकाे नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।

गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएकाे स्थानीयकाे दुखेसाे छ । विशेषगरी बिहान बेलुका सुर्के आसपास फोन लाग्न छाडेकाे उनीहरूकाे भनाइ छ । 

टेलिकमको टावरमा चढ्छन् स्थानीय 
वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाबी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् । विद्युत जडान गरिएपछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा जाखिम बढेकाे छ । घुमफिरमा जाने स्थानीय टावरमा चढेर रमिता हेर्ने गरेका छन् ।

कतिपय मानिस मादक पदार्थ सेवन गरेर समेत रमाइलाे गर्न टावरमा चढ्ने गरेको स्थानीयले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको