Like us!
Follow us!
Connect us!
Watch us!

दूरसञ्चार सेवा प्रदायकले मर्मत सम्भार शुल्कको कर तिर्नुपर्ने

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १८ : ३६ मा प्रकाशित

दूरसञ्चार सेवा प्रदायकले मर्मत सम्भार शुल्कको कर तिर्नुपर्ने

सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायकले मर्मत सम्भार शुल्कको कर तिर्नुपर्ने फैसला गरेको छ ।

वर्ल्ड लिङ्क कम्युनिकेसनले मर्मत सम्भार शुल्कमा कर तिर्नुपर्ने निर्णयका विरुद्ध दायर गरेको रिट खारेज गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा. नहकुल सुवेदीको इजलासले यस्तो निर्णय सुनाएको हो । यस सँगै अब दूरसञ्चार सेवा प्रदायकहरुले आफूहरुले ग्राहकसँग उठाएको मर्मत सम्भार शुल्कमा कर तिर्नुपर्ने भएको छ ।

यसै विवादमा कर नतिरेपछि सरकारले विदेशी मुद्रा सटही सुविधा नदिएको भन्दै नेपालमा केही समय इन्टरनेट समेत अवरुद्ध भएको थियो । इन्टरनेट सेवा प्रदायकहरुले भारतीय पक्षलाई तिर्नुपर्ने रकम भुक्तानी नगर्दा ब्याण्डविथ आपूर्ति रोकिएको बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको