Like us!
Follow us!
Connect us!
Watch us!

दराजको बदमासीः अर्डर क्यान्सिल पैसा झ्वाम !

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १४ : ३४ मा प्रकाशित

दराजको बदमासीः अर्डर क्यान्सिल पैसा झ्वाम !

इ कमर्स दराजले अनलाईन सपिङ गर्दा अर्डर गरेको सामान पनि नदिएको र पैसा पनि फिर्ता नदिएको भन्दै पैसा फिर्ता दिलाई पाँउ भन्दै एकजनाले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिएका छन् ।  

२०७८ मंसिर ३ गते संस्कार बस्नेतले दराज ई कमर्स बाट अर्डर नम्बर २०३१४१२४५९१०१५६ भएको सामान खरिद गरी रकम उक्त समान बापतको रकम ४ हजार २ सय ४२ रुपैयाँ आई एम ई पे मार्फत भुक्तानी गरेको गरेपछि दराजले उक्त अर्डर भुक्तानी नभएको भन्दै रद्द गरेको ईमेल मार्फत जानकारी दिएको र त्यसको लगत्तै उनले दराजको संबन्धित विभागमा फोन सम्पर्क गर्दा दराजले भुक्तानी नपाएको कारणले अडर रद्द गरेको जानकारी दिएको उनले बताए । 

उनले उक्त सामानको भुक्तानि आइ एम ई पे मार्फत गरेकोले गर्दा पुनः आई एम ई पेलाई समेत सम्पर्क गरे उनको जवाफमा आईएमई पे ले आफ्नो तर्फ बाट दराजमा पेमेन्ट भै सकेको र थप जानकरीका लागि दराजलाई नै सम्पर्क गर्न भनेको उनले बताए । यो सिलसिलामा उनले पटक पटक फोन गर्दा समेत आफ्नो भुक्तानी फिर्ता नपाएपछि बाध्य भएर उपभोक्ता संरक्षण विभागमा निवेदन दिनु परेको बताए । 

निवेदन साथ पेस गरेको प्रमाणमा उनले  सामान बापतको भुक्तानी नोभेम्बर १९ तारिखका दिन साँझ ७ बजेर १८ मिनेटमा गरेको देखिन्छ भने दराजले उनलाई सोहि दिन साँझ ७ बजेर ४९ मिनेटमा मात्र समयमा भुक्तानी नगरेका कारण अर्डर क्यानसिल गरिएको जानकारी गराएको देखिन्छ ।

आँफुले पैसा तिरेर अर्डर गरेको सामान पनि नपाउने अनि आफ्नो पैसा पनि फिर्ता नपाउने यो कस्तो डिजिटल प्रविधी ? आईएमई पे लाई भन्यो दराजमा भन्नुहोस् भन्छ दराजमा भन्यो हामिले भुक्तानी र्नै पाएका छैनौ आईएमई पे लाई भन्नुहोस् भन्छ अब आफ्नो पैसा फिर्ता पाउन पनि कहाँ कहाँ धाउनु उनले गुनासो गरे । उनको निवेदन पछि भोलि विहिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराज र आईएमई पे लाई छलफलमा बोलाउने भएको छ ।।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको