Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, ११ : १७ मा प्रकाशित

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्राय: देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट अ‌ाएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हाे ।

इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक अमेरिकीमा भाइरस देखिएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । 

बोत्स्वानामा कम्तिमा १९ जनामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पाँच जनामा कोभिड देखिएको छ ।

नयाँ भेरयन्टको प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । अधिकांश देशहरुले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ । एजेन्सी

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको