Like us!
Follow us!
Connect us!
Watch us!

हेली रेस्क्यूमा आक्रामक बन्दै नर्भिक हस्पिटल

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १३ : ३९ मा प्रकाशित

हेली रेस्क्यूमा आक्रामक बन्दै नर्भिक हस्पिटल

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल अन्तराष्ट्रिय स्तरको हेली रेस्क्यूको सेवा प्रवाहमा आक्रामक बनेको छ । विशेषज्ञ चिकित्सकहरुसहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्दार(रेस्क्यू)को सेवा प्रवाहमा नर्भिक आक्रामक बनेको हो । 

गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाईमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । 

नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । ‘कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्यूको अन्तर्राष्ट्रिय स्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ । यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं ।’ उनले भने–‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यू सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरुको सेवा गरिरहेका छौं । यो सेवालाई अझ आक्रामक रुपमा बिस्तार गर्दै लगिनेछ ।’ 

कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौं गम्भीर बिरामीहरुलाई हेलीकोप्टरबाट उद्धार गरेको थियो । कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्यूको माग समेत ह्वात्तै बढेको मिश्र बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको