Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे कृति क्यापिटल १ अर्बको लगानी व्यवस्थापन गर्न सफल

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १४ : १४ मा प्रकाशित

माछापुच्छ्रे कृति क्यापिटल १ अर्बको लगानी व्यवस्थापन गर्न सफल

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएकाे छ ।

कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रूपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै कम्पनीप्रति विश्वास गरी कम्पनीलाई यस उचाइमा पुर्याउन सहयोग तथा साथ दिने सम्पुर्ण ग्राहकहरु, संस्थापक शेयरधनीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुप्रति कृतज्ञता व्यक्त गरेकाे छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको