Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे कृति क्यापिटलको कामु सीईओमा गोविन्द प्रसाद शर्मा

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १६ : ३८ मा प्रकाशित

माछापुच्छ्रे कृति क्यापिटलको कामु सीईओमा गोविन्द प्रसाद शर्मा

माछापुच्छ्रे क्यापिटल लिमिटेडको कामु सीईओमा गोविन्द प्रसाद शर्मा नियुक्त भएका छन् ।

क्यापिटल सञ्चालक समितिको बैठकबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यको राजिनामा स्वीकृत गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्मालाई हिजाे माघ १ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ति गरिएको हाे ।

शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टसँगको गभिने प्रक्रियमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै माछापुच्छ्रे बैंक लगायतका संस्थाहरुमा २० वर्ष भन्दा बढीको अनुभव रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको