Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना बीमाबापतको भुक्तानीबारे अन्योल, बीमा समिति जिम्मेवार : अर्थ सचिव

पत्रपत्रिका

आइतबार, १९ मंसिर २०७८, ०७ : ०२ मा प्रकाशित

कोरोना बीमाबापतको भुक्तानीबारे अन्योल, बीमा समिति जिम्मेवार : अर्थ सचिव

अर्थसचिव मधुकुमार मरासिनीले कोरोना बीमाबापतको रकम भुक्तानी कसरी गर्ने भन्ने जिम्मेवारी बीमा समितिको रहेको बताएका छन् । विराटनगरमा शुक्रवार पत्रकारहरूसँगको भेटघाटमा अर्थसचिव मरासिनीले बीमाबापतको भुक्तानीबारे अन्योल रहेको बताए ।

‘कोरोना बीमाको रकम कसरी भुक्तानी गर्ने गर्ने, समस्या छ,’ उनले भने, ‘यो त बीमा समितिले जान्ने कुरा हो ।’ कोरोना बीमाबापतको रकम अर्थ मन्त्रालयले भुक्तानी नगर्दा रोकिएको बीमा समितिले बताउँदै आएको छ । तर, अर्थसचिव मरासिनीले त्यसबारे अनभिज्ञता प्रकट गरे ।

सरकारले कोरोना भाइरसबाट संक्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बीमाको सुविधा एक वर्षभन्दा लामो समयदेखि सर्वसाधारणले पाउन सकेका छैनन् । झन्डै ११ अर्ब रुपैयाँ बीमा भुक्तानी दाबी गरिएको भए पनि उक्त रकम कहाँबाट जोहो गर्ने भन्ने विषयबारे अन्योल उत्पन्न भएको छ ।

अर्थ मन्त्रालयले बीमाको ‘सिद्धान्तभन्दा बाहिर गएर’ बीमा रकम भुक्तानी गर्ने निर्णय गरिएकाले समस्या परेको बताएको छ । तर बीमा समितिले भने ढिला भए पनि सर्वसाधारणले बीमा गरेबापत पाउनुपर्ने भुक्तानी प्राप्त गर्ने बताउँदै आएको छ ।

अघिल्लो वर्षको वैशाखमै नेपालमा कोरोना बीमा शुरू गरिएको हो । हालसम्म झन्डै पाँच अर्ब रुपैयाँ भुक्तानी गरिएको अधिकारीहरू बताउँछन् । पछिल्लो समय देखापरेको समस्या सल्टाउन अर्थ मन्त्रालयसमक्ष विभिन्न किसिमका विकल्प प्रस्तुत गरेको बीमा समितिले बताएको छ । पछिल्लो समय भएको राजनीतिक परिवर्तन र सरकारी कर्मचारीको सरुवा लगायत कारण पनि प्रक्रिया फेरि बुझ्ने–बुझाउने विषयमा अलमल भएको बताइएको छ । आर्थिक अभियान दैनिकबाट ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको