Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्यो रसुवा

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, ०६ : ४९ मा प्रकाशित

कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्यो रसुवा

रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो ।
 
जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । 

खोप लगाउन योग्य सबैले पूर्ण खोप पाएसँगै खोप अभियान सक्किएको उनको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयमा ६ सय डोज खोप रहेको छ । खोप लगाउन छुटेका कोही आए लगाइने चालिसेले बताए । 

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्ष माथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार १ सय ६ जना रहेका छन् । तीमध्ये २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप पाएका छन् । जुन ९९ दशमलव ९९ प्रतिशत हो । 

कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप ३ हजार २ सय ८० जनाले पाएका छन् । २० हजार २ सय १७ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् । ३ हजार ६ सय ४ जनाले एष्टाजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन दुई हजारले लगाएका छन् । 

त्यसैगरि, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९४ दशमलव २८ प्रतिशतले पाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । २० हजार १ सय ५६ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ । कूल ४ हजार २ सय ५६ जनाले एष्टाजेनेका खोप लगाएका छन् । 

९४ दशमलव २८ प्रतिशत नागरिकले जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ । बाँकीले पहिलो खोप जिल्लामै लगाए पनि दोस्रो खोप बाहिरी जिल्लामा लगाएको पाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको