Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्विकृत

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १० : २२ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्विकृत

हालसालै आईपिओ जारी गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ  ।

संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।

 साविक मनकामना लघवित्त वित्तीय संस्था लि। र साविक स्मार्ट लघवित्त वित्तीय संस्था लि बीच गाभ्नेरगाभिने ९मर्जर० कार्य सम्पन्न भै मिति २०७७ भदौ ११ देखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हुँदा आयकर ऐन २०५८ को दफा दफा ४७ (क) उपदफा ५ मा भएको ब्यवस्था बमोजिम घोषित बोनश शेयरमा लाभांश कर छुटको व्यवस्था भएकाले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको छैन । 

उक्त प्रस्तावित लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61aee6748671d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको